राजविराज । अनैतिक काम गर्नेहरुका लागि यो काम मनमनै जायज लागे पनि सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भन्ने यो कुरा पाच्य हुँदैन । तर, यहि नपच्ने कुरा नै राजविराका केही ठाउँहरुमा देख्न, सुन्न र भोग्न पाइन्छ । अहिले राजविराजमा केही होटल तथा लजहरूमा खुलेआम यौनधन्दा चलिरहेको गुनासो सर्वसाधारणहरुले गरिरहेका छन् ।
राजविराजमा सञ्चालित आधिकांश होटल तथा लजहरू लगभग सबै ठाउँहरू देहव्यापार गर्ने सेक्स स्टेसनमा परिणत भएका छन् । सहजै आइपुग्ने ग्राहकले गर्दा यौनधन्दा अझ फस्टाएको देखिन्छ । यो अलाबा धेरैजसो गाउहरु बाट आउने अनैतिक सम्बन्ध जोडीहरू पनि यी होटल तथा लजमा थुप्रै मात्रामा भेटिन्छ ।
यहाँ खुलेका होटल तथा लजहरूका अधिकांश ग्राहक हरू विदेशिएका श्रीमती तथा युवा युवतीहरू हुन् । स्थानीय स्कुल क्याम्पस पढ्ने देखि कर्मचारी र बाहिरबाट आउनेहरू पनि हुने गरेको स्थानीयहरू बताउँछन् , यस्तो धन्दा चलाउने होटल हरू लाई बन्द गर्नू पर्छ । यसले गर्दा हाम्रो समाजमा ठुलो असर पर्दैछ अरूकै भनुँ यहाँ त धेरैजसो होटल तथा लज यौन धन्दाकै लागि खोलिएका छन् यसको निगरानी कसले गर्ने हो भन्न गाह्रो छ ।
होटलहरूमा प्रतिकोठा १ हजार देखि दुई हजारसम्म भाडा लिइन्छ भने यौनकर्मीले एक आपसमा मूल्य तय गरेर यौनधन्दामा लिप्त् हुन्छन् । सञ्चालकले फोनमार्फत होटलमा ग्राहक बोलाउँदा अलग्गै कमिसन पाउने भएपछि राम्रै आम्दानी गर्दै आएका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक जना यौनकर्मी बताउँछन्, कहिले काही पुलिसहरू पनि आउँछन् । उनीहरूलाई सित्तैमा सेवा दिनुपर्छ ।
प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम अनैतिक काम गर्नेलाई पक्राउ गरी कानूनी कार्वाहीको भागीदार बनाउने पनि हो । तर, सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा हिँडिरहेकाहरुको सहयोग बन्यो भने त्यसलाई के भन्ने ?
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |