हरेकृष्ण साह, सप्तरी । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को नतिजा प्रकाशन गरको छ ।
प्रतिवेदनमा मधेस प्रदेशको साक्षरता दर सात प्रदेश मध्ये सबैभन्दा कम ५४.४ प्रतिशत मात्र रहेको छ ।
देशको कुल साक्षरता दर ७६.२ प्रतिशत छ जसमा महिला साक्षरता दर ६९.४ प्रतिशत छ भने पुरुषको साक्षरता दर ८३.४ प्रतिशत छ । मधेस प्रदेशको कुल साक्षरता दर ५४.४ प्रतिशत मात्र रहेकोमा अरु बाँकी प्रदेशको कुल साक्षरता दर भने ८५ं प्रतिशतको नजिकमा छ ।
सबैभन्दा बढी साक्षरता दर भएको प्रदेश बागमती रहेको छ । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ जहाँ पुरुष साक्षरता दर ८८.३ प्रतिशत छ भने महिला साक्षरता दर ७६ प्रतिशत रहेको छ ।
सबैभन्दा पिछडिएको भनिने कर्णाली प्रदेशको कुल साक्षरता दर ७६.१ रहेको छ जहाँ पुरुष साक्षरता दर ८३.३ प्रतिशत छ भने महिला साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |