हरेकृष्ण साह , सप्तरी । राजविराज भन्सार कार्यालयबाट खटिएको भन्सार कर्मचारीको गस्तीले एउटा टिपरमा बालुवा लोड गरी भारत तर्फ चोरी निकासी तस्करी गरिरहेको अवस्थामा फेला परेको छ ।
शनिवार राती १२ बजे र ३८ मिनेटको समयमा भन्सार देखि पूर्व ५०० मिटरको दुरीमा कुनौली बेरियाघाट नजिकै बरामद गरेको छ ।
गस्ती टोलीलाई हेर्न वितिकै बालुवा अनलोड गरी टिपर सहित तस्कर फरार भएको निमित्त कार्यालय प्रमुख अजय प्रकाश भगतले जानकारी दिएका छन् । बरामद भएको बालुवा भन्सार कार्यालयमा दाखिला गरिएको हो ।
पछिल्लो समयमा सीमा क्षेत्रमा चोरी पैठारी तस्करी बढदा भन्सारबाट अपेक्षित राजस्व संकलन भइरको छैन भने देशको आर्थिक अवस्था कमजोर बन्दै गइरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |