हरेकृष्ण साह, सप्तरी । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणना नतिजाले देशको कुल साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।
प्राथमिक शिक्षा ९ कक्षा १ देखि ५ सम्म ० पुरा गरेका जनसंख्या २८.७ प्रतिशत छ भने निम्न माध्यमिक (६–८ कक्षा) शिक्षा पुरा गरेका १९.९ प्रतिशत रहेको छ ।
९.५ प्रतिशत जनसंख्याले माध्यमिक शिक्षा (एस एल सी वा सो सरह) पुरा गरेका छन् । एस एल सी भन्दा माथि उच्च शिक्षा हासिल गरेका जनसंख्या १९.५ प्रतिशत रहेको छ ।
मधेस प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार ६ सय रहेको छ । मधेस बाँकी सात प्रदेश मध्ये जनसंख्याको हिसावले दोस्रो ठुलो प्रदेश हो । मधेसको साक्षरता दर ५४।७ प्रतिशत रहेको छ जुन बाँकी अरु सबै प्रदेश भन्दा कम छ ।
मधेसको कुल साक्षर जनसंख्या मध्ये ५४.६ प्रतिशत जनसंख्या माध्यमिक शिक्षा पुरा गरेका छैन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |