हरेकृष्ण साह, सप्तर । नेपाल इन्जिनियरिङ् परिषदले २०७९ चैत्र १२ र १३ गते दुई दिन लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
कुल परीक्षार्थी संख्या २००६ रहेकोमा ५६५ जना उत्तीर्ण भएका छन् । यस अघि शैक्षिक प्रमाण पत्रको आधारमा लाइसेन्स दिइदै आएको थियो ।
जम्मा १०० पूर्णाङ्कको सो परीक्षामा ८० वटा मल्टिपल च्वाइस वस्तुगत प्रश्नहरू सोधिएको थियो । परीक्षा भने कम्प्युटरको माध्यमबाट लिइएको थियो । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ५० माक्र्स ल्याउनुपर्ने हुन्छ ।
उच्च शिक्षा हासिल गर्न र इन्जिनियरिङ् व्यवसाय गर्न लाइसेन्स परीक्षा अनिवार्य पास गर्नुपर्ने कानुनी व्यवस्था रहको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |