राजबिराज, १६ चैत्र । रामनवमीको अवसरमा भारदह स्थित लखाय बाबा मन्दिरको उद्घाटन गरिएको छ । राजधोव समुदायको जातीय देवता लखाय बाबा मन्दिरमा मूर्ति स्थापना सँगै विधिवत पूजापाठ गरेर शुभआरम्भव गरेको हो ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त राउतले रिबन काटेर मन्दिरको शुभाआरम्भव गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा डा। सिके राउतले जोखिम नलिए सम्म कोई पनि अगाडि बढ्न नसक्ने बताएका छन् ।
उनले भने आज भोलि सबै आफ्ना छोरोछोरीलाई डाक्टर, इन्जिनियर मात्र बनाउन खोज्ने गरेकोले यस्ता प्रवृत्ति बाट समाजको विकास हुन नसक्ने तर्क गरे । हाम्रो जातीय समाजको विकास तब मात्र सम्भव हुन सक्छ जव आआफ्नो परिवारमा जो बच्चा जे बन्न पढ्न चाहन्छ, अभिभावक ले त्यस मै हौसला प्रदान गर्नुपर्दछ, इतिहासको महत्व , तर इतिहास मात्र सबै होइन , उनले भने, इतिहासलाई विगतमा देखाएर मात्र हुदैन, आजको समयमा हामी कति गर्न सक्छौ, त्यो महत्वपूर्ण हुन जान्छ। राजधोव जाती अझै शिक्षा पछाडि रहेकनेले शिक्षामा बढी ध्यान दिन जरुरी छ ।
उक्त अवसरमा प्रदेश सभा सदस्य सतिश कुमार सिँह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, राजधोग महासँघ नेपाल भारत केन्द्रीय अध्यक्ष बिखो माझी, जातिय मैनजन रघुराज मण्डल, मन्दिर निर्माण समिति अध्यक्ष कपलेश्वर माझी, भारदहका थानपति सहादेव मरर, नेपाल पत्रकार महासँघ सप्तरी पुर्व अध्यक्ष जितेन्द्र खडगा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
लखाय बाबा मन्दिर उद्घाटन कार्यक्रममा नेपाल र भारतबाट राजधोव स्वजातीय संगठनहरूका मैनजन, थानपति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको आयोजक समितिका राजकुमार गाईमले जानकारी दिए ।
बर्षोको प्रतिक्षापछि भारदह स्थित कंकालनी मन्दिर छेउमा लखाय बाबाको मन्दिर राजधोव समुदायका ब्यक्तिहरुको आर्थिक सहयोगमा निर्माण गरेर मुर्ती स्थापना गरेको छ । यसअघि आजै बिहान स्वजातीय महिलाहरुले कोसी ब्यारेजबाट कलश भरेर मन्दिरसम्मको पदयात्रा गरेकी थिइन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |