राजविाराज ,२० चैत्र । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ सप्तरीले राजविराजमा अन्तरक्रिया तथा झाकी प्रदर्शन गरी मनाइएको छ ।
सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सल्लाहकार तथा पूर्व गृह राज्यमन्त्री दिपक कुमार बास्कोटाले देशको अर्थतन्त्रलाई उकास्न सहयोग पुर्याउने सहकारी व्यवसायको संरक्षण र प्रवर्द्धनमा देशको तिनै तहको सरकार गम्भीर हुने उनको जोड थियो ।
कार्यक्रममा बोल्दै पूर्व गृह राज्यमन्त्री सापकोटाले सहकारीको संरक्षण र प्रवर्द्धनमा सरकार गम्भीर नभएको आरोप लगाए । सहकारी संस्थाहरुको विरुद्ध खुलेयाम षड्यन्त्र हुँदा समेत सरकारले टुलुटुलु हेरर बसिरकेको उनले आरोप लगाए । उनले सहकारी संस्थाको हक अधिकार सुनिश्चितताका लागि सहकारीकर्मीहरु एकजुट हुनु जरुरी रहेको बताए ।
जिल्ला सहकारी संघ लिमिटेड सप्तरीका अध्यक्ष विनोद कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साह, तिरुहुत गाउँपालिकाका अध्यक्ष विजय प्रसाद यादव, कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुर, सप्तरी उधोग वाणिज्य संघका उपाध्यक्ष दुर्गानन्द साह, राष्ट्रिय सहकारी बैंकका शाखा समवन्य उपसमिति संयोजक गणेश कुमार आस, राष्ट्रिय सहकारी बैंक संचालक एवम् मधेश प्रदेश संयोजक विश्वनाथ मण्डल, केन्द्रिय पशुपक्षी सहकारी संस्थाका केन्द्रिय सदस्य तेज नारायण यादव, जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड सप्तरीका अध्यक्ष दिपेन्द्र आचार्य, त्रियुगा बहुमुखी सहकारी संस्था फत्तेपुरका अध्यक्ष चन्द्रशेखर चौधरी लगायतकाले सहकारी संस्थाको विकासमा सरकारी स्तरबाट नीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।
जिल्ला सहकारी संस्था लिमिटेड सप्तरीका लेखा संयोजक सचिन्द्र दासद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सविता न्यौपानेले गरिन ।
यस अघि शिव मन्दिरमा भेला भएका जिल्लाभरीका सहकारीकर्मीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड तथा झाँकीसहित प्रभातफेरी निकालेर नगरपालिका परिक्रमा गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |