राजविराज, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गर्ने इन्स्पेक्टर नवीन थापासमेतलाई मंगलबार बसेको सर्वदलीय बैठकबाट कारबाही गर्न २४ घण्टे अल्टिमेटम दिएका छन्।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमै छलफलमा बसेका जसपा सप्तरीका अध्यक्ष यादवलाई इन्स्पेक्टर नवीन थापा मगरले कुटपिट गरेका थिए । कुटपिट बाट यादवको आँखा माथि निधारमा गहिरो चोट लागेको छ भने उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।
नेता यादवमाथि कुटपिट भएपछि आक्रोशित बनेका जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा दिन भरी प्रदर्शन गरेका छन । प्रदर्शनपछि बसेको सर्वदलीय बैठकबाट इन्स्पेक्टर थापा सहितका चार प्रहरीलाई २४ घण्टा भित्रे निलम्बन गरी जिल्ला बाहिर पठाउने, घाइतेको उपचार एवम् आवश्यक क्षतिपूर्ति व्यहोर्न लगाउने जस्ता मागहरू अगाडि सारेका छन्, सो अवधिमा पनि माग पूरा नभए सशक्त आन्दोलन गर्ने बैठकबाट निर्णय गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |