रौतहट, २४ चैत्र । ब्यूटी पार्लरमा यौनधन्दा चल्ने गरेको थाहा पाएपछि प्रहरीले छापा मारेको छ ।
रौतहटको गौर नगरपालिका- १ गुदरी बजार जाने बाटोमा सञ्चालनमा रहेको साहिबा ब्युटिपार्लरमा शुक्रवार दिउँसो विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेपछि यौनधन्दाको रहस्य बाहिरिएको हो ।
यौनधन्दामा संलग्न यौनकर्मी महिला, ग्राहक र ब्यूटी पार्लर सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले समाजमा नराम्रो असर पर्ने गतिबिधि गर्ने तीनैजना माथि मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |