राजबिराज, २४ चैत्र । राजबिराज नगरपालिका का कार्यवाहक नगर प्रमुख ईसरत प्रविणले राजबिराज वडा १ स्थित राजदेबी ठाकाेदेवी जाेगेन्द्र भगत माध्यमिक बिधालयमा ४ काेठाे भवनकाे शिलान्यास गरिएको छ ।
शुक्रवार एक कार्यक्रम बिच हिमालयका प्राङ्गणमा प्रमुख प्रविण र वडा १ अध्यक्ष चन्द्रशेखर चाैधरीले संयुक्त रूपमा बिधालय भवनको शिलान्यास गरिएको हाे ।
राष्ट्रिय योजना आयाेगकाे कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिकाका साझेदारी संचालितमा कुल १ कराेड १८ लाख बराबरको लागतमा ४ काेठा भवन निर्माण हुन लागेको हाे । उक्त भवनको निर्माण गर्नका लागि ठेकेदार / निर्माण व्यवसाय भगत ग्रुप अफ कन्सट्रकसन प्रालि काठमान्डाैले जिम्मा पाएकाे छ ।
साे भवन ०८० असार २० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्मझाैता भएकाे राजबिराज नगरपालिका याेजना अधिकृत मनाेज यादबले जानकारी दिए ।
राष्ट्रिय योजना आयाेग अन्तर्गत राजबिराज नगरपालिकाको वडा १ सहित ४, ९,१३ र १५ बिधालय भवन निर्माणका लागि ४ कराेड ४४ लाख ८७ हजार दुई सय ३३ रूपैया २४ पैसाका लागतमा बिधालयकाे भवन निर्माण हुन लागेको राजबिराज नगरपालिका इन्जिनियर अशोक दासले बताए ।
तत्कालीन पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री मा. रेणु यादव तथा राष्ट्रिय योजना आयाेग सदस्य उमाशकर साहकाे पहलमा राजबिराज नगरपालिकाको विभिन्न विद्यालयमा भवन निर्माण गर्न योजना स्वीकृत भएर निर्माण कार्य सुरु भएको योजना अधिकृत मनाेज यादबले बताए ।
याेजना अन्तर्गत राजदेवी मा वि मा १ करोड १८ लाखको ४ कोठा भवन , देउरी भरुवा स्कुलमा १ करोड १८ लाखको ४ कोठा भवन , देवकोटा स्कुल मा ७८ लाखको ४ कोठा ,६ केन्द्र स्कुलमा ७८ लाखको ४ कोठा भवन , बिसहरिया मा. वि. मा ७८ लाख को ४ कोठा भवन र मलेठ स्कुलमा ४८ लाख को दुईको कोठा भवन निर्माण गरिने योजना अधिकृत यादबले जानकारी दिए ।
राजबिराज नगरपालिकाको विद्यालयमा कक्षा काेठा नहुदाँ विद्यार्थीहरूलाई पठनपाठनमा समस्या हुने गरेकोले भवन निर्माणले ठुलो सहयोग पुगेको विद्यालयका प्राधानाध्यापक दिनेश प्रसाद यादबले बताए ।
उक्त शिलान्यास कार्यक्रममा राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविण, वडा १ का अध्यक्ष चन्द्रशेखर चाैधरी, वडा सदस्य खेलान्नद यादब, शिवदत साह, बिधालय व्यवस्थापन समितिका अध्यक्ष डम्वर नारायण यादब, समाजसेवी भन्नालाल यादब, सुकदेव यादब, लगायत संचारकर्मि, अभिभावकहरू लगायतको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |