राजविराज । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रीय महासचिवमा निर्वाचित दुर्गानन्द ठाकुरलाई आइतबार एक कार्यक्रम माझ रुपनी गाउँपालिकाद्वारा सम्मानित गरिएको छ ।
गाउँपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा पालिका अध्यक्ष दिनेशकुमार यादवले सम्मान पत्र तथा दोसल्ला ओढाई नव निर्वाचित महासचिव ठाकुरलाई सम्मान गरेका हुन् ।
रुपनी गाउँपालिका स्थित कन्छु नर प्रताप माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षका रुपमा प्रतिनिधित्व गर्दै ठाकुर सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको मधेस प्रदेश समितिको अध्यक्ष तथा केन्द्रीय महासचिव पदमा निर्वाचित भएको हो ।
यही चैत २१ र २२ गते संघीय राजधानी काठमाडौंमा आयोजित सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रीय सम्मेलन तथा तेश्रो महाधिवेशनबाट ठाकुर महासचिव पदमा निर्वाचित भएका थिए ।
आफ्नो गाउँपालिका अन्तर्गतको विद्यालय व्यवस्थापन समिति अध्यक्षका रुपमा प्रतिनिधित्व गर्दै प्रदेश र केन्द्रीय समिति सम्मको निर्णायक जिम्मेवारीमा पुगेर उनले रुपनी गाउँपालिका संगै समग्र जिल्लाको गौरब बढाएको भन्दै गाउँपालिकाद्वारा ठाकुरलाई सम्मान गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले बताए ।
ठाकुरको नेतृत्वमा जिल्ला कै पुराना विद्यालय मध्यै एक रायपुर स्थित कन्छु नर प्रताप माविको शैक्षिक वातावरण उदहरणिय बनेको अध्यक्ष यादवको भनाई छ । ठाकुर कन्छु नर प्रताप माविको लगातार दुई कार्यकालदेखि अध्यक्ष पदमा निर्वाचित हुंदै आएका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |