नयाँ दिल्ली । आउँदै गरेको नेपाली नयाँ वर्ष २०८० को स्वागतमा भारतको नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरूले आइतबार एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएका छन् । प्रवासी नेपाली प्रेरणा समिति द्धारा आयोजित कार्यक्रममा नेपाली कलाकार तथा नेपाली समुदायहरुले गायन तथ नृत्य प्रदर्शन गरेका छन् ।
नेपाली राजदूत शंकर शर्माले उद्घाटन गरेको कार्यक्रममा असमबाट लोकसभा सदस्य सांसद नवनकुमार सरानीयले नेपाल भारतका नागरिक बीच कायम रहेको कसिलो सम्बन्धको चर्चा गर्दै नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान गरेको थियो ।
उक्त कार्यक्रममा भारतीय जनता पार्टी दिल्ली प्रदेशका नेता अशोक गोयल, नेपाली दूतावासका सांस्कृतिक कन्सुलर यदु पौडेल तथा गोविन्द पोखरेल, विष्णुप्रसाद बराललगायत प्रवासी नेपालीका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम सफल बनाउन मानव बेचबिखन नियन्त्रण, उद्वार र स्वदेश फिर्तीका लागि सकृय अधिकारकर्मी एंव किङग इन्डियाका निर्देशक नवीन जोशीको ठुलो भूमिका रहेको थियो ।
आयोजक संस्थाका महासचिव काशिराम आचार्यले सधैँ आफ्नो पेसा व्यवसायमा व्यस्त रहने नेपालीहरूलाई एक ठाउँमा जमघट गराउने, अन्तरक्रियाको अवसर जुटाउन बर्सेनि यस्तो कार्यक्रम गर्दै आएको बताए । आम आदमी पार्टीका विधायक अखिलेश त्रिपाठी ले नेपाल भारत बीच रोटी बेटीको सम्बन्ध भुल्न नहुने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |