काठमाडौैँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको ज्यान गएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ३६ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आईसीयू) मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् ।
कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |