श्री मान् आदरणीय चन्द्र कान्त राउत ज्यु
सप्तरी प्रतिनिधि सभा क्षेत्र नं २ को सांसद
बिषय:- गजेन्द्रनारायण सिंह अस्पताल खस्किदो अबस्था बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजको भर्ना भएको बिरामी लाई सुई लगाउन्को लागि छिन्न्मस्ता अस्पताल र युनिक सिटी अस्पताल मा गएर सुई लगाउनु पर्ने बाध्यात्मक अवस्था आएको छ ? यस्को निदान कस्ले गर्ने र कहिले गर्ने एउटा साधारण भिडियो एक्सरे (ultra sound) बिगत ४/५ महिना देखि बन्द रह्नु र यस क्षेत्र जित्नु भएका मान्य प्रतिनिधि सभा सदस्य ज्यु , प्रदेश सभा सदस्य ज्यु राजबिराज न.पा का मेयर, देखि मेडिकल सुपरिडेन्ट, सम्म हाल ध्यान न जानू कति सम्मको जायज कुरा हो ? गरिब निमुखा जन्ता लाई प्रताडित गर्ने काम मात्र देखियो निन्दनीय छ यो कदम अबिलम सकृय हुनु पर्यो अस्पतालमा बोर्ड मात्र झुण्ड्याएर उपलब्धि मुलक नभएको अवस्था अस्पतालको बितिथिको खोज खबर लिनु पर्यो नत्र दिनानु दिन अरु सेबा पनि खसिक्दै गइरहेको हुँदा यस प्रति हाम्रो सप्तरी प्रतिनिधि सभा क्षेत्र नं २ को सांसद Dr CK Raut ज्यु लाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।
जय युवा !!!!! (सामाजिक संजाल बाट साभार)
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |