राजविराज । गए राति सप्तरीको तिलाठी कोइलाडी गाउपालिका- ७ बभनगमा टोलमा अशोक कुमार यादवको घरमा चोरी भएको छ ।
घरमा कोई नरहेको मौका छोपी एउटा बाक्सा चोरले चोरी गरिएको छ । बाकस भित्र रहेको चाँदीको पायल १२ भरी , सुनको मङ्गल शुत्र ८ आनाको , कानको बाली ५ आनाको , मंटिका ५ आनाको र नगद १४ हजार चोरेको अशोक यादवले बताए ।
को वर्साईन प्रहरी चौकीका अनुसार चोरहरूले घरको पूर्व पट्टी नदिको छेउमा लगेर उक्त बाकस फुटाएर नगद लगायत अन्य सामानहरू लगी बाकस फालेको अवस्थामा फेलापरेको प्रहरीले बताएका छन् ।
यसअघि सप्तरीको दक्षिणी भेगको छिन्नमस्ता गाउपालिका –१ बरहि बिरपुरमा लाखौंको धनमाल चोरी भएको छ । चाेरिकाे घटनाक्रम बढदे गएपछि स्थानीयहरु चिन्तित बनेका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |