राजविराज, १ बैशाख । सप्तरीको महादेवा गाउँपालिका को एक स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुभारम्भ गरिएको छ । महादेवा गाउँपालिकाको वडा न ३ मा अवस्थित स्वास्थ्य चौकी बथनाहामा शुक्रबारबाट प्रयोगशाला सेवा शुभारम्भ गरिएको हो ।
मधेस प्रदेश सरकार एवम् स्थानीय तह बिचको सहकार्यमा महादेवा गाउँपालिकाका नगरप्रमुख अध्यक्ष सुनिल कुमार मण्डलले एक कार्यक्रम बिच स्वास्थ्य चौकी बथनाहाम प्रयोगशाला सेवाको शुभारम्भ गरेका हुन ।
प्रयोगशाला सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अर्चना कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा, लोसपाका युवा नेता सुरेन्द्रकुमार यादव लगायतका वक्ताहरूले प्रयोगशाला सेवा शुभारम्भ भएको बारेमा आ आफ्नो विचार व्यक्त गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |