राजबिराज, १ बैशाख । नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष, वातावरण दैनिक पत्रिकाका सम्पादक प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा ‘जनसेवा श्री’ पदकबाट विभूषित भएका छन् ।
कलमको माध्यमले राष्ट्रको गौरव एवम् जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको ठहर गर्दै प्रेस स्वतन्त्रता सेनानी झालाई राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका हुन । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा पदक प्रदान गरिएको हो ।
‘जनसेवा श्री’ पदकबाट सम्मानित भएपछि प्रेस स्वतन्त्रता सेनानी झाले पदक ग्रहण गर्न पाउँदा अत्यन्तै हर्षित भएको उल्लेख गरेका छन् । आफूलाई उक्त पदकका लागि सिफारिस गर्ने सबैलाई आभार समेत व्यक्त गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |