राजबिराज । राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादवको फैसला हुने भएको छ । यही आँउदो बैशाख १७ गते विशेष अदालतले राजबिराज नगरपालिकाको निलम्बित मेयरको मुद्दा सम्बन्धमा फैसला हुने भएको हो ।
२०७९ असार २९ गते विशेष अदालतले राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर भिमराज यादव माथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा बिगो दाबी गरी विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका थिए ।
गहिल कन्स्ट्रक्सनका सञ्चालक भिमराज यादवले निर्माण सेवाले आर्थिक वर्ष २०७४/२०७५ मा राजरंगशाला स्तरन्नोति कार्यको लागि जिल्ला खेलकुद विकास समिति सप्तरी र सो कन्स्ट्रक्सन बीच सम्झौता भए पनि यादवले मापदण्ड विपरीत काम गरेको आरोप छ ।
यादवले मापदण्ड विपरीत गरेको कामलाई गुणस्तरीय युक्त र मापदण्डअनुसार काम भएको प्रमाणित स्वीकृति गराई २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा काम गरेको भन्दाबढी भुक्तानी लिएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८९४० बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा कैद र जरिवाना माग गरेको छ ।
अघिल्लो निर्वाचनमा १७ मतले पराजित भएका भिमराज यादब यसपटक सप्तरीको राजविराज नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । जसपाका यादबले निवर्तमान मेयर शम्भुप्रसाद यादबलाई ४ हजार ८ सय १७ मतान्तरले पराजित गर्दे आगामी ५ वर्ष राजविराजको नेतृत्व गर्ने अवसर पाउनुभएको थियो ।
मेयरमा निर्वाचित भिमराजले ९ हजार ६ सय २४ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादबले ४ हजार ८ सय १७ मत प्राप्त गरेका थिए । निलम्बनमा परेपछि उपप्रमुख इसरत प्रविणले कावा नगरप्रमुखको रूपमा काम गर्दै आएकी छिन, यता निलम्बित नगरप्रमुख भिमराज यादबले आफु माथि लगाएको आरोप निराधार रहेकोले विशेष अदालतले बैशाख १७ गते हुने फैसला आफ्नो पक्षमा हुने दाबी गरेका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |