राजविराज, १८ बेशाख । बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सप्तरी आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शहीद स्मारक तथा गजेन्द्रनारायण सिंह स्मारकमा पुगी फूलमाला अर्पण गर्दै सम्मान व्यक्त गरेका छन् ।
सोमवार राजविराज आएका अध्यक्ष यादवले मलेठस्थित शहीद स्मारक तथा गजेन्द्रनारायण सिंह स्मारक राजविराजमा माल्यार्पण गरेका हुन ।
अध्यक्ष यादव सँगै प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, पार्टीकी केन्द्रीय कार्यकारिणी समिति सदस्य रेणुकुमारी यादव, पार्टीका राजनीतिक समितिका सदस्य अमरनाथ मण्डल, केन्द्रीय सदस्य भिमराज यादव, मधेश प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादव, जिल्ला सचिव हरेरामप्रसाद यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव तारकेश्वर यादव र केन्द्रीय सदस्य श्यामकुमार यादव लगायतले पनि शहीद स्मारक तथा गजेन्द्रनारायण सिंह स्मारकमा फूलमाला अर्पण गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |