राजविराज । सप्तरीको महादेवा गाउँपालिका ३ बलिया बथनाहामा विष सेवनबाट एक बालिकाको ज्यान गएको छ । बलिया बथनाहा बस्ने पवन कुमार यादवको छोरी वर्ष १३ की प्रिति कुमारी यादवको विषसेवन बाट बुधबार मृत्यु भएको हो ।
बालिका तिरहुत गाउँपालिका ४ डिमन मामा जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरी सिकिस्त बिरामी परेका थिए । विषसेवन गरि बिरामी परेपछि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिएको थियो । बालिकाको अवस्था थप गम्भीर हुँदै गएपछि थप उपचारका लागि धरान लगिएपनि उपचारकै क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |