राजबिराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मलहनियाँ टोलमा बुधबार राती आगलागी हुँदा दश घर जलेर नष्ट भएको छ ।
महेन्द्र कामैतको पुजा कोठाबाट सल्केको आगो छिमेकीहरूको घरमा फैलिदा ६ परिवारको १० वटा घर जलेर लाखौको धनमाल जलेर क्षति भएको हो । आगलागीमा उनकोसमेत शिवु कामैत, देवु कामैत, बेचन कामैत लगायत घर जलेर नष्ट भएको स्थानीयले जनाएको छ ।
आगलागीमा १० वटा घर जलेर नष्ट हुदा ४५ लाख बराबरको क्षति भएको हनुमाननगर कंकालिनी नगरपालिका १४ का वडा अध्यक्ष कृष्ण कुमार यादव (कृष) ले जानकारी दिए । आगो नियन्त्रणका लागि समयमा वारुणयन्त्र नपुग्दा ठुलो क्षति हुन पुगेको पीडितहरूले गुनासो गरे ।
रातको समयमा एक्कासि आगो सल्कियो, पीडित महेन्द्र कामैतले भने, आगो सल्केको थाह हुनासाथ स्थानीय प्रशासन र बारुण यन्त्रलाई खबर गरे तर वारुणयन्त्र समयमा नपुग्दा बढी क्षति भयो । आगोले सर्वस्व सकिएपछि पीडितहरूको विचल्ली भएको छ । उनीहरु छिमेकीहरूको घरमा शरण लिएर बसेका छ्न ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष कृष्ण कुमार यादव (कृष) ले बिहीवार पीडितहरूलाई राहत वितरण गरेको छ । त्रिपाल, भाँडाकुँडा र खाद्यान्न सामाग्री वडा अध्यक्ष यादवले पीडित परिवारलाई भेटेर प्रधान गरेको जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |