राजविराज, ३ जेठ । भारतीय नागरिकलाई झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिएको आरोपमा २६ जनाविरुद्ध बुधबार जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएको छ ।।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रसाशकीय अधिकृत किसोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय संजिवकुमार साह र सुरज नेपाल , जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरीसहित तीन जना प्रहरी कर्मचारी, राजविराज नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उदीत नारायण यादव, वडासचिव हरिनारायण यादवसहित २६ जनामाथि पुर्जी जारी भएको हो । नागरिकता बनाउन सघाएको आरोपमा सूर्य नारायण र सतिशसहित २८ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले वैशाख ३१ मा आरोप पत्र दायर भएको थियो ।
२०८० वैशाख ३१ गते दर्ता भएको नागरिकता सम्बन्धी मुद्दाको अभियोग पत्रमा प्रतिवादी बानाइकामध्ये २६ जना फरार भएको भन्दै पक्राउ पुर्जी जारी भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |