राजविराज, ४ जेठ । बैशाख २७ गते आगलागी बाट पीडित भएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१४ मल्हनियांका अग्निपीडित परिवारलाई धर्मी हल्फा महिला विकास क्लबले राहत सामग्री वितरण गरेका छन् ।
सहयोगी हातहरूको एउटा सानो सहयोग स्वरुप धर्मी हल्फा महिला विकास क्लब सप्तरीद्वारा हनुमाननगर कंकालिनी नगरपालिका अग्निपीडित शिव नारायण कामैत, देवु कामैत, महेन्द्र कामैत, जहरी कामैत, बेचन कामैत र बद्री कामैतका परिवारलाई सहयोग स्वरुप प्रति परिवार तन्ना १/१ जान, थाल र गिलास ३/३ थान,कराही,डेकची,छोलनी, बाल्टीन र मग १/१ थान, म्याट्रैस लगायतका सामाग्रीहरू संस्थाको तर्फबाट संस्थाको अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले राहत सामग्री बितरण गरेका हुन ।
उक्त कार्यक्रममा प्रहरी चौकी रम्पुरा मल्हनियांको प्रहरी सहायक निरीक्षक ह्रदय नारायण पटेल, समाजसेवी सुशील कुमार यादव लगायत स्थानीय व्यक्तिहरू लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |