राजबिराज, ०७ बैशाख । जलवायु परिवर्तनले समुदायमा पुर्याउने क्षति सम्बन्धमा सञ्चारकर्मीहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
साे अवसरमा जलवायु परिवर्तन बिटमा लामाे समय देखि कलम चलाउने रिपब्लिक मिडियाका श्रीराम सुवेदीले जलवायु परिवर्तनले जीवन सँग पारेको क्षति बारेमा संचारकर्मिहरूकाे भूमिका खेल्नुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनले पुर्याएकाे असर र यसका समाधानका लागि संचारकर्मिहरूले प्रभावित क्षेत्रमा कलम चलाउनु पर्नेमा जाेड दिए । उनले पालिकाहरूले योजना बनाई समुदायलाई सचेत बनाउनुपर्ने बताए । हिमाल देखि तराई सम्म जलवायुको प्रभाव पारेको छ, भने मानवता स्थितको चुनौती समेत दिएको छ ।
जलवायु परिवर्तनले कृषि, आर्थिक क्षति, मानवीय क्षतिलाई न्यूनिकरण र अनुकरण गर्नुपर्ने र हानी नोक्सानी कोष बनाएर जानुपर्ने बताए । साे अवसरमा दिगाे विकास इन्स्टिच्युटका निर्देशक अभिषेक श्रेष्ठले जलवायु- जन्य हानी तथा नोक्सानी सम्बन्धी कार्यक्रमको सुरुवात भएको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य ललिता साह, पुर्व केन्द्रीय सदस्य अबधेश झा, सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष बैधनाथ झा, शाखा उपाध्यक्ष बैधनाथ यादब, सचिव रामनारायण बिश्वास, काेषाध्यक्ष नविन गुप्ता, सबल नेपालका बरिष्ठ कार्यक्रम संयोजक अशोक साह, परमेश्वर झा लगायत संचारकर्मिहरूकाे सहभागिता रहेकाे थियाे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |