काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । जिम्बाब्वेमा यही असार ३ देखि २४ गतेसम्म हुने छनोट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जीसी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र अविनाश बोहरा रहेका छन् ।
विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष २ टोलीमा पुग्ने टिमले भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |