राजबिराज,०९ जेठ । सप्तरीको खडक र सुरूगां नगरपालिकाको विद्यालयहरूमा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । सेभद चिल्ड्रेन, सबल नेपालको संयुक्त साझेदारीमा बिधालय तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरेको हो ।
जेष्ठ १ गते देखि ७ गते सम्म गरिएको कार्यक्रममा पोषण प्रदर्शन, जनचेतना जगाउन अभिभुखिकरण, जुका औषधी, शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच, सरसफाइ, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम गरी मनाइएको सबल नेपालका अर्चना यादबले जानकारी दिइनँ ।
देशव्यापी कार्यक्रम अन्तर्गत सप्तरीको खडक नगरपालिका र सामुदायिक विद्यालयहरूमा सप्ताहव्यापी विद्यालय स्वास्थ्य पोषण कार्यक्रम सुरू गरेको थियो ।सबैजसो विद्यालयमा पौष्टिक आहारहरू प्रदर्शन अनुसार अन्न, तरकारी, फलफूललगायत पौष्टिक आहारा कक्षाकोठामै प्रदर्शन गरेर देखाइएको छ ।
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत शिक्षा, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका, र कृषि क्षेत्रसँग समन्वय गर्दै पोषणसँग सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन गर्न युनिसेफले स्थानीय सरकारका निकायहरूलाई सहयोग गर्दछ ।
पोषणका कार्यक्रम अन्तर्गत लैंगिक समानता, सामाजिक समावेशिता र विपद् जोखिम व्यवस्थापनलाई कार्यक्रमको मूल धारमा ल्याइएको छ ।
समग्र नेतृत्व, क्षमता विकास र समन्वय गरी बहुक्षेत्रीय पोषण योजना -२ को कार्यान्वयन गर्न तथा उपयुक्त वातावरणको निर्माण गर्नका लागि युनिसेफले राष्ट्रिय योजना आयोगका साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग पनि नजिकबाट सहकार्य गर्दछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |