एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद भवनको उद्घाटन गर्दै देशलाई समर्पण गरेका छन् । प्रधानमन्त्री मोदी बिहान ७ बजे आफ्नो निवास- ७ लोककल्याण मार्गबाट नयाँ संसद भवन अगाडिको पण्डालमा पुगेका थिए ।
प्रधानमन्त्री मोदीले ‘सेंगोल’ (राजदण्ड) लाई दंडवत प्रणाम गर्दे हातमा लिएर पुजारीहरुको आशीर्वाद लिएका थिए ।
नयाँ संसद भवनको लोकसभा कक्षमा ८८८ सदस्य र राज्यसभाको कक्षमा ३०० सदस्य आरामसँग बस्न सक्छन् । दुवै सदनको संयुक्त बैठकका लागि लोकसभा कक्षमा १,२८० सांसदहरू बस्ने व्यवस्था गरिएको छ ।
त्रिभुज आकारको यो चार तले भवन ६४ हजार ५ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । यसका तीन मुख्य द्वारहरू छन् ज्ञान द्वार, शक्ति द्वार र कर्म द्वार । भिआईपी, सांसद र आगन्तुकहरूका लागि छुट्टै प्रवेशद्वार बनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |