राजबिराज । वालबिवाह न्युनिकरणका लागि धनगढीमा सचेतनामुलक सडक नाटकको आयोजना गरिएको छ।
मंगलवार बोदेबरसाईन नगरपालिकाको सहयोग तथा मिसन नेपालको आयोजनामा वडा १ स्थित धनगढीको हनुमान चौकमा सडक नाटक मार्फत बालविवाह न्युनिकरण सँगै निरूसाहित गर्न नाटकको प्रदर्शन गरिएको हो।
सो अवसरमा वडा अध्यक्ष रबिन्द्र कुमार साहले बालविवाह न्युनिकरण गर्नका लागि दलित समुदायमा शिक्षाको अभाव र चेतनाको अभावका कारण वालविवाह हुने गरेकोले यसलाई निरूसाहित गर्नुपर्नेमा जोड दिए।
उनले भने न्युन मात्रामा दलित, गरिवबस्तीमा चेतनाको अभावले कम उमेरमै विवाह हुने गरेकोले बालमृत्युदर, महिलाहरूमा स्वास्थको अबस्था कमजोर भई मृत्यु समेत हुने गरेकोले २० बर्ष पूरा नहुन्जेल बिवाह नगर्न र नगराउन अनुरोध गरेको छ।
बोदेवरसाईन नगरपालिका वडा १ का वडा सदस्य असोक कुमार यादब, पत्रकार चन्दन यादबसहित सयौ स्थानियहरूको उपस्थितिमा कलाकार जिवछ दास, रमिला साह लगायतका नाटक टोलीले वालविवाह न्युनिकरण सम्बन्धी सन्देशमुलक नाटक प्रदर्शन गरेको मिसन नेपालका केदार यादबले जानकारी दिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |