राजविराज, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सब्दुल मियाँ लाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।
मंगलबार सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस सहित उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
भवन निर्माण सम्पन्न भएको सिफारिस दिने सर्तमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |