राजविराज । मैथिली साहित्य परिषद् सप्तरीको अध्यक्षमा अवधेश झा निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार एक पदाधिकारी बाहेक सबै पदमा अवधेशको नेतृत्वमा रहेको प्यानल विजयी भएका छन् ।
अध्यक्षमा अवधेश झाले २ सय ५८ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय झाले २ सय ६ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा राजकुमार लाल दासले २ सय ४६ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कृति नारायण देवले २ सय ३ मत प्राप्त गरे ।
सचिबमा संजिब नारायण यादवले २ सय ६७ मत प्राप्त गरि विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी राम अधिन साहले १ सय ८५ मत ल्याए । कोषाध्यक्षमा शोभिता दासले २ सय ५१ मत प्राप्त गरि विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्दी बरुण कुमार कर्णले १ सय ९१ मत प्राप्त गरे ।
सदस्यहरूमा राजीव कुमार झाले ३१९, पंकज कुमार झाले ३१६, रमिला साहले ३१२, गजेन्द्र कुमार मंडलले ३१०, रवि कुमार रायले २९६ र अजित कुमार ठाकुरले २९४ मत ल्याएका छन् ।
अजय झाको प्यानलबाट एक मात्र ललिता कुमारी झा २ सय ८३ मत ल्याउँदै उपसचिवमा निर्वाचित भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी भीम शंकर देवले १ सय ७४ मत ल्याए ।
कुल ८ सय १८ जना मतदाता रहेको परिषद्को निर्वाचनमा ४ सय ७६ जनाले मतदान गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |