राजविराज । छ दिन अघि अर्थात असार ९ गते राजविराज स्तिथ सिन्हा लँजको कोठा नम्बर १०७ मा राजविराज -२ निवासी दिपक रायको मृत्यु प्रकरणमा उनका केटी साथीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
२१ वर्षीय दिपक राय सिन्हा लँजमा असार ९ गते शनिबार मृत फेला परेको थियो । मृतकका केटी साथी विराटनगर उपमहानगरपालिका बाँसबारी बस्ने पार्वती ऋषी उक्त दिन लँजमा दिपक सँगै बसेकी थिइन । उनीसँगै रहेकी पार्वतीले आफू बाथरुमतिर गएको बेला भित्रबाट चुकुल लगाई भेन्टिलेशनमा सलको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको बताउँछिन् ।
यता दिपकका परिवारजनले आत्महत्या नभई केटी र उनका आफन्तको मिलोमतोमा हत्या गरेको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले घटनास्थलको प्रकृतीले आत्महत्या हुन सक्ने देखिएपनि पोस्टमार्टम रिपोर्ट आइसकेपछि सबै सत्यतथ्य जानकारी गराउने बताए । अहिले मृतकका केटी साथीलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |