राजबिराज, २० असार । वर्षाको पानी निकास नहुँदा सप्तरीको राजबिराज नगरपालिकाको कार्यालय सहित नगरको विभिन्न ठाउँ जलमग्न भएका छन् ।
राजबिराज नगरपालिका परिसर, गजेन्द्रनारायण अस्पताल, हटिया, मालपोत लाइन, सहित दर्जनौँ ठाउँमा अविरल वर्षाका कारण बजार क्षेत्र जलमग्न भएका छन भने केही ठाउँ डुबानमा परेको छ ।
मंगलबार यता रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले गजेन्द्र नारायण सिँह अस्पताल डुबानमा परेको हो ।
बाढीका कारण अस्पतालको सिटी स्क्यान, एक्सरे र ओपिडी सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |