राजविराज, २५ असार । राजबिराज नगरपालिकाका प्राविधिकलाई कमिसन नदिएको भन्दै उपभोक्ताहरूको भुक्तानी रोकी दिएपछि उपभोक्ताहरूले तालाबन्दी गरेका छन् ।
अन्तिम समयमा प्राविधिहरूले सम्पन्न काममा कमिसन माँगेको र सो नदिदाँ बनिसकेको चेक नपाएको उपभोक्ता समितिका बिनोद यादबको आरोप छ ।
राजबिराज नगरपालिकाले सडक बोर्डका योजना, ससर्त अनुदान अन्तर्गतका योजना, वडास्तरीय योजनासहितका विभिन्न योजनामा काम सम्पन्न भइसकेको भन्दै भुक्तानी नदिएको आरोप लगाउँदै उपभोक्ताहरू धर्ना बसेको हो ।
काम सम्पन्न भइसकेको छ तर अनुगमन गरेर भुक्तानी दिएनन् उपभोक्ता अनिल देवले भने, ऋण सापटी र उधारोमा सामान खरिद गरी काम गरे अहिले भुक्तानी नदिएर नगरपालिकाले अलपत्र पारे ।
चालु आर्थिक वर्षको भुक्तानीको चेक काट्ने समय असार २४ गते आइतबार राति १२ बजेसम्म को थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |