काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत साढे २ अर्ब रूपैयाँ बराबरको सुन तस्करी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सप्तरीका चार जना सहित १२ जनालाई सोमबार त्रिभुवन विमानस्गलबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी बलानबिहुल गाउँपालिका २ चनहीपथराहका २८ वर्षीय विनोदकुमार साह र विनोदकी पत्नी २५ वर्षीय सन्जुकुमारी साह, सप्तरीको बलानबिहुल गाउँपालिका ६ का २२ वर्षीय दुर्गाप्रसाद यादव, सप्तरीको वोदे वसाइन नगरपालिका १ का २८ वर्षीय देवानन्द साह, सिराहाको लहान नगरपालिका ४ कुमहालका शिवसुन्दर राउत, सिराहाको धनगढी नगरपालिका ३ हनुमाननगरका २३ वर्षीय मोहनकुमार यादव र सर्लाहीको फरहदवाका ५६ वर्षीय निमाइ साह रहेका छन्।
त्यस्तै धनुषाको मिथिला विहार नगरपालिका -५ ललियाका २५ वर्षीय सुनिलकुमार महरा, सिरहा नगरपालिका -१७ पटेरवाका २४ वर्षीय दिनेशकुमार यादव, कपिलवस्तुको सुद्धोधन गाउँपालिका- ६ बाझखोरका २३ वर्षीय सन्तुगुलाम मुराउ, धनुषाको धनुषाधाम नगरपालिका -५ नौसयविघाका ३४ वर्षीय नरेश पंजियार, बाँकेको राप्ती सोनारी गाउँपालिका -४ बैदापुरका ३६ वर्षीय भुमबहादुर वली, रहेका छन् ।
कतारबाट आउन लागेका नरेश पन्जियार लगायतका व्यक्तिहरू मार्फत भन्सार छली गरी सुन कतारबाट नेपाल पठाउन लागेको र विनोद, सन्जु कुमारी, दुर्गा, देवनन्दन उक्त सुन रिसिभ गर्नेको लागि एयरपोर्टमा आउन लागेको भन्ने सूचना आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्ष तर्फको पार्किङ स्थलबाट पक्राउ गरेको प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।
थप अनुसन्धानको क्रममा सन्जु कुमारीले भन्सार छली चोरी पैठारी गरी ल्याएको केही सुनहरू काठमाडौं बागबजारस्थित निमाई साहको सुर्पना ज्वेलर्समा लगि बिक्री गर्ने गरेको खुल्न आएपछि निमाई तथा उक्त कार्यमा सलंग्न शिव सुन्दर र मोहन कुमारलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |