विराटनगर । लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ। अहिले घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ ।
त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । जसमध्ये पाँच जना विदेशी नागरिक छन् । हेलिकप्टरका पाइलट नेपाली हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |