काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले दाहालको निधन भएको जानकारी दिएको छ। ‘उहाँ (सीता दाहाल)को निधन भएको भनेर चिकित्सकले परिवारलाई जानकारी दिइसकेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |