राजबिराज, २९ असार । कोशी ब्यारेज पुलबाट रेलिङ भत्काउँदै एक ट्रक अनियन्त्रित भई नदिमा खसेको छ । पश्चिमवाट पूर्व आँउदै गरेको मे १ ख १७६५ नम्बरको बसलाई साइड दिने क्रममा अचानक अनियन्त्रित मे १ ख ३००७ नम्बरको ट्रक सप्तकोसी नदि खसेको हो ।
प्रहरीको अनुसार ७ बजेर ३० बजेको समयमा बस र ट्रक ठोकिएर सो दुर्घटना भएको छ । तिव्रगतिका कारण साइड दिने क्रममा दुबै सवारी साधन ठोकिएर अनियन्त्रित भएर ब्यारेजको ढोका १० नम्बर रेलिंग भत्काउँदै नदिमा खसेको थियो
चालक सहित तीन जनाको डोरीको सहायताले सकुशल उदार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी डिएसपी नरेश कुमार सिँह अहिले पानीको बहाव उच्च रहेकोले डुबेको ट्रक देख्न नसकिएकोले खोज तलास भइरहेको बताए । घटना स्थलमा प्रहरीले खोजी कार्य तथा घटना बारे अनुसन्धान गरिरहेको छ । यता दुई दिन देखि वर्षा पानीको बहाव बढ्ने भएको छ ।
शुक्रवार पानीको बहाव १ लाख ६७ हजार क्युसेक प्रतिसेकेन्ड रेकर्ड भएको छ । नीको बहाव बढेपछि ५६ मध्ये ११ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |