राजविराज । सप्तरीमा आफ्नै घरभित्र बसिरहेकी एक बालिकालाई उठाएर बाहिर लगी सामूहिक बलात्कार भएको छ । कंचनरुप नगरपालिका १२ बस्ने १७ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको हो ।
घट्ना २९ असार राति १०ः३० बजेको हो । बालिका गाउँकै आशिष खान सग कुरा गरेर बसिरहेको अवस्थामा कोठामा प्रवेश गरी आशिस खानलाई घर भित्र कोठामा थुनेर बालिकालाई लगी मगरको घरमा जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।
जबरजस्ती करणीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० बर्षीय कैलास भनिने टेकराज पोखरेल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदिप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा छन् ।
प्रहरीका अनुसार पीडित बालिका र अभिभावकले इलाका प्रहरी कार्यालय कंचनपुरमा लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया शुरु गरेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |