राजविराज, ३ साउन । सप्तरीको खडक नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
खडक नगरपालिका – ७ मझौ टोल बस्ने कटर बहादुर तमाङका ९ वर्षिय छोरा आदित तमाङको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हो । घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो ।
गम्भिर घाइते अवस्थामा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा पुर्याएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |