राजविराज, १० साउन । कोशी नदीबाट पीडित भएकाहरूलाई सरकारले लामो समयदेखि क्षतिपूर्ति नदिएको भन्दै उनीहरुले बुधबार पत्रकार सम्मेलन गर्दै साउन २३ गतेदेखि आन्दोलन शुरु गर्ने घोषणा गरेका छन् ।
आज भन्दा ६९ वर्ष अगाडि अर्थात बिक्रम सम्वत् २०११ मा कोशी ब्यारेज स्थापना हुँदा पानीको बहावले जग्गामा लागेको बाली क्षति भएमा भारत सरकारले क्षतिपूर्ति दिने सम्झौता भएको थियो । सम्झौता अनुसार दुबै देशका सर्वेक्षक, सम्बन्धित कार्यालयका अधिकृतले ७ हजार ६३३ बिगाहा ८ कट्ठा २ धुर जग्गाको क्षतिपूर्ति दिन सिफारिस गरिएको थियो ।
पटक पटक यो क्षतिपूर्ति दिने सन्दर्भमा नेपाल तथा भारत सरकारको ध्यानाकर्षण गराउँदा पनि क्षतिपूर्ति पाउन नसकिएको कोशी नदी कटान डुबान पीडित संघर्ष समितिका संयोजक महिदेव प्रसाद चौधरीले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |