राजविराज, १२ साउन । सप्तरीको रुपनी गाउँपालिका -१ बस्ने आफूलाई सामाजिक अभियन्ता बताउने राजु जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा झुठो अफवाह फैलाएको कसुरमा मुलुकी अपराध संहिताको दफा ७० बमोजिम शुक्रबार जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
झुठो अफवाह फैलाउन नहुने मुद्दा जयसवाल माथी दर्ता भएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएको सप्तरी प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
पक्राउ परेका जयसवाल सामाजिक सञ्जाल मार्फत आफ्ना अभिव्यक्तिहरू राख्ने गर्छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |