राजविराज, १४ साउन । पशु चौपायामा लाग्ने लम्पी स्किन रोग भयावह बन्दै गएकोले महामारीको अवस्थालाई मध्यनजर गर्दै संकटकालको घोषणाको माँग गरेको छ ।
आइतबार नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन सप्तरीले जिल्ला भर पशुमा देखिएकोले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा पशु बस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपुर्ती, पशु बिमाको भुक्तानी दिन पनि एशोसिएसनले माग गरेको छ ।
एशोसिएसनले प्रधानमन्त्रीलाई पठाएको पत्रमा लम्पी स्किन रोग नियन्त्रण तथा राहत व्यवस्थापन जस्ता विषयहरू ठोस रुपमा सम्बोधन नभएमा विभिन्न विरोधका कार्यक्रमहरू संचालन गर्न वाचय हुने समेत जनाएको छ । एशोसिएसनका जिल्ला अध्यक्ष पाण्डे कुमार मेहता तथा मधेश प्रदेश संयोजक परमेश्वर यादवको अगुवाइमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत बुझाइएको ज्ञापनपत्रमा लम्पी स्किन रोगका कारण जिल्ला भरका पशुपालक किसान मारमा परेको उल्लेख गरिएको छ ।
(नेभ्ला) एशोसिएसनका मधेश प्रदेश संयोजक परमेश्वर यादवका अनुसार केही दिनयता फैलिएको उक्त रोगबाट जिल्लामा आइतबारसम्ममा १ हजार ५१ पशु मरिसकेका छन् । यस्तै सो रोगबाट कुनै गाउँ अछुतो नरहेको तथा २५ हजार भन्दा बढी पशु बिरामी परेको उनको भनाई छ ।
लम्पी स्किन रोग जिल्लाको १८ वटै पालिकामा महामारीको रुपमा फैलिएको
एशोसिएसनका जिल्ला अध्यक्ष पाण्डे कुमार मेहताले बताए । उनले स्थानीय बजारमा उक्त रोगको औषधीको चरम अभाव हुँदा पशुपालक आर्थिक रुपमा समेत प्रभावित बन्न पुगेको बताए । लम्पी स्किन रोग लागेका पशुहरूको शरीरभरि दाग र गिर्खा जस्तो देखिने र त्यसपश्चात् भित्री भागमा फैलिदै पशुहरू मर्ने गरेको उनको भनाई छ ।
उनले निकै क्षति हुन थालेपछि तथा खोपको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको जनाएका छन् । यस रोगबाट दूध उत्पादन ८० प्रतिशत सम्मले घटेको, पशुमा गर्भ तुहिने र प्रजननमा समस्या देखिएको तथा पशुपालक ठूलो आर्थिक मारमा परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यन्त्रणका लागि स्थानीयस्तरबाट गरिएका प्रयास पर्याप्त नभएको भन्दै ज्ञापनपत्रमार्फत अविलम्ब संघीय सरकारबाट ठोस पहल हुनुपर्ने माग गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |