राजबिराज, १६ साउन । जिल्ला प्रशासन कार्यालय (जिप्रका) सप्तरी अगाडि मिटर ब्याजी पीडितहरूले प्रदर्शन गरेका छन् ।
मिटर ब्याजी पीडितसँग साहुको छलफल गराउने क्रममा पीडित भन्दा साहुकै हालिमुहाली गराउने गरेको भन्दै उनीहरूले सीडीओ कार्यालय अगाडि मंगलबार प्रदर्शन गरेका हुन् ।
उनीहरूले सीडीओ कार्यालयमा साहुसँग पैसा लिएर उल्टै पीडितलाई नै थप पीडा दिने कार्य भइरहेको आरोप लगाएका छन् ।
घूसखोर सीडीओ भुपेन्द्र थापालाई सरुवा गर, मिटर ब्याज पीडितका छलफलमा मिटर ब्याजी संघर्ष समितिका प्रतिनिधिलाई राख, घूसखोर कर्मचारी संजय रामलाई सरुवा गर लगायतका नारा लगाएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |