राजविराज, १७ साउन । नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा सर्वसम्मत बिनयकुमार लाल कर्ण चयन भएका छन् ।
युनियनको बुधबार सम्पन्न ७ औँ अधिवेशनले कर्णको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा नवीन कुमार गुप्ता, समावेशी उपाध्यक्षमा ललिता साह, सचिवमा रमानन्द देव, सह सचिबमा परिष कर्ण र कोषाध्यक्षमा रामनारायण यादवलाई चयन गरेको छ ।
कार्यसमिति सदस्यमा रंजित चौधरी, दिपेश जोशी, राजकुमार साह, निरज मण्डल, अरुण कुमार यादव, महेश्वर भारती र लोकेन्द्र यादवलाई चयन गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |