राजबिराज । समस्या परेको बेला श्रृण सापटी लिने रफिर्त गर्ने वेला पचनाउने नियतले उल्टै मिटर ब्याजी को आरोप लगाई फसाउने खोजिएको एक पिडित दम्पतिले गुनासो पोखेका छन ।
सप्तरी शंभुनाथ २ का महेश भगत र पत्नी मंजु भगतले राजबिराज स्थित पत्रकार महासँघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुरा बताएको हो ।
भगत दम्पतीले मिटर ब्याजीलाई ७ बर्ष सम्म कैद गर्ने बिधेयक पारित भए सम्हगै कतिपयले समस्या परेको बेला लिएको श्रृण सापाटी पचाउन कानुनको दुरपियोग गर्न थालेको आरोप समेत लगाए ।
समस्या परेका बेला छिमेकी रूपनी गापा ३ का गेनेलाल मोचीले ५ बर्ष अघि ४ लाख ५ हजार र भाल्वादेबी मोचीले ७५ हजार रूपैया आफु सँग श्रृण साप्टी लिएको बताउदै अहिले आएर रकम मिनाहा नगरे मिटरब्याजी मा फसाई जेल पठाईदिने थालेको सुनाए ।
मैले ब्याज पनि मागेको छैन, सावा मात्र मागेको हु तर पैसा बचाउन नियतले मिटर ब्याजीको आरोप लगाएको बताए ।
हामी मिटर ब्याजी होईन, उजरी कर्ताको उचित छानबिन गरि दोषी देखिएका लाई कानुन बमोजिम कार्यवाही गर्नुपर्ने संचारकर्मिहरू सँग माँग गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |