राजविराज, २४ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले कार्यालयको फोटो, भिडियो नखिच्न जारी गरेको सूचना प्रति नेपाल पत्रकार महासंघ, सप्तरीले आपत्ति जनाएको छ ।
उक्त सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव र सचिव रामनारायण विश्वासले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सूचना फिर्ता गर्न माग गरेका छन् ।
साउन २४ गते राति ८ बजेसम्म सूचना फिर्ता नभए साउन २५ गते बिहानदेखि नै चरणबद्ध आन्दोलनमा उत्रने विज्ञप्तिमा चेतावनी दिइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |