राजबिराज, २७ साउन । सप्तरीमा प्रहरीद्वारा पत्रकारमाथीको दुर्व्यवहारको अर्को घटना भएको छ । राजविराजको कुनौली मोडमा शनिबार बिहानै मेमो खबर अनलाईन मिडियाका सम्पादक चन्दन यादवसँग अभद्र व्यवहार भएको हो ।
समाचार प्रयोजनको लागि कुनौली मोडस्थित प्रहरी बिटको फोटो खिचेपछि त्यहाँ ड्युटीमा रहेका प्रहरी ए.के यादवले उनलाई फोटो डिलिट गर्न भन्दै मोबाइल खोस्ने प्रयास समेत गरेको पीडित पत्रकार यादवले बताए ।
त्यसपछि उनीसँगै रहेका अर्का पत्रकार भुषण सिंह र यादवले उक्त कार्यको प्रतिकार्य गरेको बताए ।
यता पत्रकार महासंघ सप्तरी तीन दिनदेखि जिल्ला प्रशासन र प्रहरीको गैरकानुनी कार्यविरुद्ध संघर्षरत रहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |