राजबिराज, २९ साउन । सप्तरीका प्रतिष्ठित गैरसरकारी संस्था मध्ये सबल नेपालले १८ औ साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सोमवार राजबिराज स्थित डिलक्स होटलमा एक कार्यक्रम बिच १८ औ वर्ष पूरा गरी १९ औ वर्षमा प्रवेश गर्दै आफ्नो स्थापना दिवस मनाएको हो ।
सो अवसरमा गैसस सप्तरीका पहिलो अध्यक्ष दिलिप चौधरीले समुदायको विकास र व्यवहारमा परिवर्तन सँगै आय आर्जनमा सुधार ल्याउनका लागि सबलले निरन्तर रूपमा समाजलाई सबल बनाउन भूमिका खेल्दै आएको बताए । सबल नेपालका अध्यक्ष जुना गिरीले सबलले शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, किशोरकिशोरी विकास कार्यक्रम संचालन गर्दै आएको बताइनँ ।
उनले भने सेभद चिल्ड्रेन र सबल नेपालको साझेदारीमा जिल्लाको खडक र सुरूगा नगरपालिकामा बाल बिकास केन्द्र निर्माण, शिक्षकशिक्षिकाहरूलाई शिक्षणसिकाई क्रियाकलापका लागि क्षमता बिकास तालिम, स्वास्थ्य चौकीहरूमा सामग्री बितरण, स्वास्थ्यकर्मीहरूको क्षमता बिकास, किशोरकिशोरी क्षमता बिकाइस्, नेतृत्व बिकास, बालभिते पत्रकारिता, बालअधिकार सुरक्षित मातृतब सम्बन्धी कार्यक्रम गर्दै आएको बताईन ।
गैसस महासँघ सप्तरीका अध्यक्ष तथा सबल नेपालका निर्देशक दिपक झाले बालवालिकाहरूको सिकाई उपलब्धी, पठनपाठनमा सुधार, समुदायको क्षमता बिकास, बालबालिकाहरूको पठाईमा सुधार र घरमा सिकाइका वातावरण निर्माण गर्नका लागि निरन्तर कार्यक्रम गर्दै बताए ।
उनले भने स्थानीय तहले बाटो, सडक, भवन निर्माणलाई मात्र बिकास बुझेकोले बालबालिकाहरूको स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा नराख्दा प्रभावकारी उपलब्धि हासिल गर्न चुनौती रहेकोले बालबालिकाको विकासलाई जनप्रतिनिधिहरूले कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा गैसस महासँघका बरिष्ठ उपाध्यक्ष ध्रुव देवले समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले भने समुदाय विद्यालयको शिक्षा कमजोर सँगै अभिभावकको बिश्वास घटदै गएकोले सबै मिलेर समुदायिक बिधालयमा गुणस्तरीय सुधार ल्याउनुपर्ने बताउनु भयो ।
कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले सबल नेपालले समाज र समुदाय तथा राष्ट्र हितका लागी पुर्याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीले आव ०७९/८० को बार्षिक प्रगती प्रतिवेदन तथा आव ०८०/८१ को बार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आव ०७८/७९ मा खर्चको अनुमानित बिवरण अनुसार समुन्नती र संकल्प कार्यक्रम तर्फ ५ करोड १८ लाख, खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम तर्फ ४ करोड २५ लाख, सौर्यउर्जा प्रवर्द्वन कार्यक्रम तर्फ १२ लाख १९ हजार, शुद्व खानेपानी माथि सहज पहुचका लागि ४२ लाख ५० हजार, दैबी प्रकोप राहत तथा कोरोना रोकथाम कार्यक्रम तथा सहयोगमा २ करोड ५० लाख, वातावरण संरक्षण अभियान २ करोड ५० लाख,,कृषीमा आधारित कार्यक्रममा ७५ लाख २५ हजार र संस्था संचालन तर्फ ७५ लाख ४५ हजार गरी जम्मा १६ करोड ४८ लाख ३९ हजार बरावरको आयव्यय सार्वजनिक गरेकी छिन ।
यसैगरी प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, सुरूगां नगरपालिका १० का वडा अध्यक्ष चन्द्र नारायण यादब, गैसस महासँघका पहिलो अध्यक्ष दिलिप चौधरी, महुली समुदाय बिकास केन्द्रका अध्यक्ष श्यामकान्त चौधरी, सेभद चिल्ड्रेनकाका देवकृष्ण भगत, आसबिर सारू, जिल्ला बाल संजालका अध्यक्ष सलमा खातुनले सबल नेपालले समुदायको बिकास र शिक्षा, स्वास्थ र सरसफाईमा खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।
यसैगरी सबल नेपालका संस्थापक असोक कुमार साह, परमेश्वर झा, संस्थाका कार्यक्रम संयोजक रोशन मण्डल, सिरहाका वास कार्यक्रम संयोजक भिमलाल साही लगायत संस्थाका साधारण सदस्य तथा विभिन्न संसंस्थाहरू तथा पालिकाहरूको प्रतिनिधिहरूको उपस्थिति रहृको थियो । उक्त कार्यक्रमको संचालन सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |