राजबिराज, १५ भाद्र । वैदिक संस्कृति समाज सप्तरीले गौंबंशको संरक्षण तथा गौ हत्या बन्दको माँग गर्दै राजबिराजमा खबरदारी रयालीको प्रदर्शन गरिएको छ ।
शुक्रवार शिवमन्दिर वाट निकालिएको खबरदारी रयाली नगरको विभिन्न प्रदर्शन गर्दै गौ हत्या बन्द गर, गौंबंश संरक्षण गर, हिन्दु राष्ट्र कायम गर, वैदिक गणतन्त्र घोषण गर लगायतको नारा लगाउदै माँग गरेका छन ।
भोजभतेर गरेर गौं मांस खाने घटनाका नाइकेहरूलाई अविलम्ब कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारवाहीको माँग गरेको गर्दै वैदिक सनातन हिन्दु धर्म र संस्कृति माथिको आक्रमण तत्काल रोक्न माग गरेको छ ।
शिवमन्दिरमा आयोजना गरिएको कोण सभामा समतामूलक समाज निर्माण महाअभियानका केन्द्रिय उपाध्यक्ष सुनिता साहले राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपन भएको आरोप लगाएकी छिन,
उनले भनि ठाउँ ठाउँमा भएको गौं हत्या, गौं वंशको भक्षण गरी भोजन गरी सामाजिक संजालमा भिडियो सार्वजनिक गरी बहादुरी देखाउने कार्यप्रति कारवाहीको माग गरे ।
वैदिक संस्कृति समाजका अध्यक्ष रामकुमार शास्त्रीको अगुवाइमा निकालिएको रयालीमा बैरागी बाबा मोतीलाल, बाबा सुबी यादब लगायत सयौ जनाको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |