राजविराज । वैदिक सनातन धर्मावलम्बीले ‘आज श्रीकृष्ण जन्माष्टमी’ पर्व नेपालको बिभिन्न ठाउँमा भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाइने गरिन्छ ।
यस पर्वको अवसरमा कृष्णाष्टमीको भोलिपल्ट नेपालको बिभिन्न ठाउँमा रथ यात्रा निकाल्ने चलन छ । उक्त अवसरमा राजविराजबाट कृष्ण मन्दिर समिति आयोजनामा भोलि बिहान ११ बजेदेखि रथ रात्रा निकाल्ने कार्यक्रम राखेको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिर हरुमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष दुईटैले ‘व्रत’ बसी रातभर जागरण बस्ने प्रचलन छ ।
कृष्ण पुराणका अनुसार, भाद्र महिनाको कृष्ण अष्टमीको दिन माता देवकीको आठौं सन्तानको रूपमा भगवान कृष्णको जन्म भएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |